Rule 25
मृत्यु भएको वा बसाइँ सरेको आदि आधारमा मतदाता नामावलीबाट नाम हटाउने
(१) नियम ९ को उपनियम (३), नियम १६ वा २० बमोजिम प्रकाशित मतदाता नामावलीमा नाम समावेश भएको कुनै मतदाताको मृत्यु भएको वा निजले स्थायी तबरले सम्बन्धित निर्वाचन क्षेत्रबाट बसाइँ सरेको वा नेपाली नागरिकता त्याग गरेको वा मतदाता नामावलीमा नाम कायम रहन सक्ने योग्यता गुमाएको भनी कुनै मतदाताले सहायक नाम दर्ता अधिकारी समक्ष कार्यक्रममा उल्लिखित समयावधि भित्र सूचना दिन
सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सूचना प्राप्त भएपछि सहायक नाम दर्ता अधिकारीले मतदाता नामावलीमा नाम समावेश भएको मतदाताको मृत्यु भएको वा निज बसाइँ सरी अन्यन्त्र गएको वा नेपाली नागरिकता त्याग गरेको वा मतदाता हुन योग्यता गुमाएको हो वा होइन भन्ने सम्बन्धमा आवश्यकता अनुसार स्थानीय पञ्जिकाधिकारीको कार्यालय, स्थानीय निकायको कुनै कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझ्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम प्राप्त सूचनाको जाँचबुझको सिलसिलामा सहायक नाम दर्ता अधिकारीले सम्बन्धित मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु नपर्ने भए सम्बद्ध प्रमाण सहित आफ्नो भनाई पेश गर्नु भनी आफ्नो कार्यालयमा अनुसूची– ११ बमोजिमको ढाँचामा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम बुझ्दा वा उपनियम (३) बमोजिम प्राप्त प्रमाण मूल्याङ्कन गर्दा कुनै मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु पर्ने देखिएमा सहायक नाम दर्ता अधिकारीले त्यस्तो मतदाताको नाम मतदाता नामावलीबाट हटाउनु पर्नेछ ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै मतदाताको विवाह भई वा बसाइँ सराइ गरी अन्यत्र गएको वा मृत्यु भएको व्यहोरा स्थानीय पञ्जिकाधिकारीको कार्यालयको अभिलेखबाट देखिएमा सहायक नाम दर्ता अधिकारीले कार्यक्रममा उल्लेख भए बमोजिम त्यस्तो मृत्यु भएको मतदाताको नाम आफैले हटाउन वा सार्न सक्ने भए हटाई वा सारी र आफैले हटाउन वा सार्न नसक्ने भए मतदाता नामावलीबाट हटाउन वा सार्न प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम पेश भएको विवरण जाँच गर्दा त्यस्तो नाम हटाउनु पर्ने देखिएमा प्रमुख नाम दर्ता अधिकारीले त्यस्तो नाम हटाउनु पर्नेछ ।
(७) यस नियम बमोजिम कुनै मतदाताको नाम मतदाता नामावलीबाट हटाईएकोमा सोको सूचना सहायक नाम दर्ता अधिकारीले आफ्नो कार्यालयमा अनुसूची–१० बमोजिमको ढाँचामा प्रकाशन गर्नु पर्नेछ ।
(८) उपनियम (३) वा (७) बमोजिम सूचना प्रकाशन गर्दा अनुसूची–४ बमोजिमको ढाँचामा मुचुल्का तयार गर्नु पर्नेछ ।